देश

विद्याको बढ्यो रफ्तार, ओली सक्न प्रचण्ड माधवले काँध हाले, रोक्ने एमालेको यस्तो रणनीति (भिडियोसहित)


काठमाडौं—प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तह लगाउन दुई भिन्न भिन्न कम्युनिष्ट पार्टीका नेताहरूले एउटै सूत्र अपनाईरहेका छन् । कम्युनिष्ट नै भए पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ओलीलाई सवक सिकाउन पूर्व उपराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘ब्रह्मास्त्र’को रुपमा प्रयोग गर्न थालेका छन् । एमालेभित्र ओलीलाई चुनौती दिने एकमात्र नेता विद्यादेवी नै रहेको सर्वत्र चर्चा हुँदा ओली त्यसबाट सचेत छन् । जसका कारण पूर्वराष्ट्रपति भईसकेकी विद्यादेवीलाई एमाले प्रवेशमा रोक लगाउन उनी लागिपरेकै छन् । भण्डारी राष्ट्रपति हुँदा बखत पार्टी त्याग गरेको र त्याग्नेको सदस्यता नवीकरण नै नहुने भन्दै ओलीले भण्डारीको पार्टी सदस्यता नवीकरण थाती राखेका छन् । यसैलाई प्रचण्ड र माधवले ओली पेल्ने अवसरको अस्त्रका रुपमा प्रयोग गरिरहेका छन् । दुवै जनाले विद्याप्रति सहनूभुति जनाउँदै ओलीमाथि काउण्ट हमला गरिरहेका छन् ।