अन्तर्राष्ट्रिय

मोदीलाई आच्छु आच्छु पार्दै ट्रम्प, व्यापारको भिडन्त उत्कर्षमा, मोदीको चिनिया कार्ड फेल भएकै हो ?(भिडियोसहित)


काठमाडौँ । भारतमाथि अमेरिकाले लगाएको ५० प्रतिशत भन्सार शुल्क कार्यान्वयनमा आएको छ । ५० प्रतिशत भन्सार शुल्क कार्यान्वयनमा आएसँगै दुवै मुलुकका व्यापारिक क्षेत्रमा हलचल मच्चिएको छ । दुवै मुलुकमा सरकारको आलोचना तीव्र बनेको छ । रुससँग पेट्रोलियम पदार्थ खरिद गरेर युक्रेन युद्धमा रुसलाई सघाएको आरोपमा करको डन्डा चलाएको अमेरिका भारतप्रति थप निर्मम शैलीमा प्रस्तुत हुँदा द्विपक्षीय कूटनीतिक सम्बन्धमा दरार चुलिएको छ ।