काठमाडौं । नेपाली कांग्रेसकी सांसद् ईश्वरीदेवी न्यौपाने प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
समिति सभापतिमा मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएकी न्यौपानेलाई आज सभामुख देवराज घिमिरेले न्यौपानेलाई शपथ गराएका हुन् ।
। न्यौपाने कांग्रेसबाट समानुपातिक तर्फकी सांसद् हुन् । न्यौपाने संविधानसभाको दुई कार्यकाल २०६४ र २०७० मा सदस्य थिइन् ।
२०७० सालको कार्यकालमा न्यौपाने कांग्रेसको सचेतक भएर पनि काम गरेकी थिइन् । कांग्रेस केन्द्रीय सदस्य न्यौपानेले नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेकी थिइन् ।


प्रतिक्रिया