समाचार

पाशुपत क्षेत्रको तीज, दिनभरको नाचगान, विगतको भन्दा फरक देखियो, श्रीमानका लागि निराहार व्रत (भिडियो)


काठमाडौ— रातो साडी, रातै कुर्ता, ललाटमा रातै टीका अनि रातै चुरामा सजिनु हरितालिका तीजको विशेषता हो । मंगलबार यो पर्व नेपाली हिन्दु महिलाहरूले धुमधामसँग मनाएका छन् । सक्ने नारीहरूले निर्जला र नसक्नेले फलाहार गरेर आफ्नो, श्रीमान् र परिवारको दीर्घायुको कामना गर्दै व्रत बसे । उमामहेश्वरको भक्तिभावमा तल्लीन नारीहरू आराध्यदेव पशुपतिनाथको प्राङ्गणमा हर्षोल्लासका साथ नाचगानमा रमिरहेका देखिन्थे ।