काठमाडौं— कसैसँग लेनदेन छ तर बैंक खातामा पैसा नभए पनि चेक काट्दै हुनुहुन्छ भने तपाईं अब जुनसुकै बेला प्रहरीको फन्दामा पर्न सक्नुहुनेछ । सरकारले ल्याएको पछिल्लो नियमअनुसार चेक बाउन्ससम्बन्धी उजुरी प्रहरीले हेर्ने भएसँगै, खातामा पैसा नभएको खाली चेक दिने व्यक्तिलाई प्रहरीले जुनसुकै समयमा पक्राउ गरी हिरासतमा राख्न सक्ने भएको छ । चेक अनादर (बाउन्स) सम्बन्धी कसुरमा सरकारले ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४’ लाई संशोधन गरेर चेक बाउन्सको प्रक्रियादेखि सजायसम्मका प्रावधान हेरफेर गरेको छ । राजपत्रमा प्रकाशन गरी कार्यान्वयनमा ल्याइएको ऐनअनुसार अब चेक बाउन्ससम्बन्धी कसुर प्रहरीले मात्र अनुसन्धान गरेर मुद्दा प्रक्रिया अघि बढाउनेछ । यसअघि सर्वसाधारणले चेक अनादरको मुद्दा सिधै अदालतमा दर्ता गर्न सक्ने विकल्प थियो । ‘बैंकिङ कसुर तथा सजाय ऐन’ संशोधनमार्फत ‘विनिमय अधिकार ऐन, २०३४’ को दफा १०७(क) खारेज गरिएको छ । हाल प्रहरीले अनुसन्धान गर्ने मुद्दाहरूको अग्रस्थानमा चेक बाउन्ससम्बन्धी मुद्दा नै रहेको देखिन्छ ।
अर्थनीति


प्रतिक्रिया