काठमाडौं— शनिबार राति करिब १० बजे रौतहट जिल्लाको प्रहरी चौकी बेलबिछुवाका प्रहरी सहायक निरीक्षकलाई सूचना आउँछ— गौर–सिरसिया सडकखण्डको गौर नगरपालिका–९ स्थित मुडवालगेट नजिक सडकमा डोरीले बाँधिएको एउटा सुटकेस बेवारिसे अवस्थामा छ । सो सूचनापछि प्रहरी चौकी बेलबिछुवाको टोली घटनास्थल पुग्छ । सूचनामा भनिएजस्तै एउटा ठूलो निलो रङको सुटकेस बाहिरबाट डोरीले बाँधिएको अवस्थामा सडक छेउमा राखिएको थियो । रातिको समय र शंकास्पद वस्तु भएकाले प्रहरीले कुनै विस्फोटक पदार्थ हुनसक्ने आशंकामा रातभर सुटकेसलाई सुरक्षा दिएर राख्छ । आइतबार बिहानै जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्की सहितको टोलीले स्थानीय तथा वडाका प्रतिनिधिको रोहबरमा सुटकेस खोल्दा सबै चकित पर्छन् । सुटकेसभित्र एक महिलाको शव थियो, जसको नाकबाट सामान्य रगत बगेको थियो र हातखुट्टा खुम्च्याएर कपडा पट्याइए जस्तो मिलाएर राखिएको थियो ।
अपराध


प्रतिक्रिया