काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ ।
शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित गरेको हो । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले गृहमन्त्री रमेश लेखकले पारित गर्न राख्नुभएको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ सर्वसम्मतिले पारित भएको घोषणा गरे ।
आजको बैठकमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमन्त्री बद्री पाण्डेले ट्विनअटर विमानको अभावका कारण दुर्गम क्षेत्रमा हवाई सेवा विस्तार गर्न नसकिएको बताए । पूर्वको ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्म विमानस्थलको संख्या बढ्दै गएको भएपनि ट्विनअटर विमानको अभावमा सेवा पु¥याउन समस्या भइरहेको उनको भनाइ छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैलेखको १ सय १२.१ अर्ब घनमिटर प्राकृतिक ग्याँस मिथेनको उत्पादन परीक्षणका लागि जिटुजीमार्फत चीन सरकारसँग आग्रह गरिएको बताए ।
उनले ‘२०८१ माघ महिनामा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि ४ हजार १३ मिटर ड्रिलिङ कार्य सम्पन्न भएको बताए


प्रतिक्रिया