Breaking

देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख : शेखर कोईराला


काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले हरेक दिन देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख रहेको बताएका छन् ।

काठमाडौंमा आज ज्ञानज्योति महिला माध्यामिक विद्यालयको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले स्खलनतर्फ उन्मुख देशको राजनीतिक र सामाजिक अवस्थालाई उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीहरुको भएको बताए ।

सबै मिलेर कसरी देशलाई अघि बढाउन सकिन्छ ? भन्ने सकारात्मक सोचका साथ अघि बढ्न जरुरी रहेको बताए । सांसद कोईरालाले कनिका छरेको जस्तो अनुदान दिएर विद्यालय विकास हुन नसक्ने बताए । लोकतन्त्रमा शिक्षा नै सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गर्दै शिक्षित समाज बनाउन जरुरी रहेको बताए ।

सांसद कोईरालाले राज्यमा भएका सामुदायिक विद्यालयलाई कसरी राम्रो बनाउने भन्नेमा सरकार जानुपर्ने बताए । शिक्षाले नै विश्वलाई चिनाउनसक्ने भएकालै शिक्षामा पहिलो जोड दिनुपर्ने बताए ।