काठमाडौं— काठमाडौंको भृकुटीमण्डपमा १७ औं संस्करणको नाडा अटो शो २०२५ सुरु भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै छ दिनका लागि प्रदर्शनी प्रारम्भ भएको हो । मेलाको मुख्य आकर्षण नै उड्ने ट्याक्सी अर्थात डिपलको इभीटोल युएभी रहेको छ । प्रदर्शनीकै लागि भनेर चीनबाट ल्याइएको उक्त उड्ने ट्याक्सी हेर्न पहिलो दिन नै अवलोकनकर्ताको ठूलो भीड लाग्यो । मानवीकृत र कुकुर आकृतिको रोबोटले पनि अवलोकनकर्तालाई तानेको छ ।
समाचार


प्रतिक्रिया