देश

विपक्षीको सातो लिँदै देउवा–ओली, रवि–माधव थला परे, उपेन्द्रलाई सास्ती, निसानामा प्रचण्ड (भिडियोसहित)


काठमाडौं— सत्ता समीकरणमा कांग्रेस र एमाले झनझन् कसिँदै जाँदा विपक्षीहरुको निद हराम हुने अवस्था आएको छ । जस्तोसुकै विरोधले नछोएका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले चलाएको सरकारबाट विपक्षीमा बेचैनी बढेको छ । सात बुँदे सहमतिमै अस्थिरता हटाउन साना दल सक्काउनु पर्ने आशय घुसाएका उनीहरुले ठूलो दलको शक्तिमा साना दलको धरातल देखाइरहेका छन् । अदालतका केही आदेश र सरकारका गतिविधि समेत वैधानिक तवरबाटै विपक्षी तर्साउने गजबका संयोग बनेका छन् । संसदको दरिलो आवाज रवि लामिछानेलाई थुनेर प्रतिपक्षी आवाज एक हदसम्म कमजोर बनाएको सरकारले आफ्नो स्वार्थपूर्तिका लागि उपसभामुख हटाउने प्रपञ्च सुरु गरेको छ ।