खेलकुद

नेपाल लगातार पराजित


काठमाडौं— अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी ट्वान्टी सिरिजमा नेपालले लगातार तेस्रो खेलमा पराजय भोगेको छ । डार्बिनमा आज भएको खेलमा नेपाललाई मेलवर्न स्टार्स एकेडेमीले ३१ रनले पराजित गरेको हो ।

यसअघि नेपाल पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरी र दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग पराजित भएको थियो । मेलवर्नले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा १४४ रन मात्र बनाउन सक्यो । सिरिजमा अस्ट्रेलियाको बिग ब्यास टोलीका एकेडेमी टोलीसहित पाकिस्तान र बंगलादेशको ए टोली सहभागी छन् ।

अब नेपालले बुधबार मेलवर्न रेनेगेड्स एकेडमी र शुक्रबार पाकिस्तान शाहिन्सासँग खेल्नेछ । यही वर्षको अक्टोबरमा ओमानमा हुने आइसिसी पुरूष टी ट्वान्टी विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि नेपाल अस्ट्रेलियामा छ ।