काठमाडौं । सरकारले काम गर्न सकेन, यो सरकारलाई पनि थाहा छ । मन्त्री फुर्सदिला भएका छन्, यो मन्त्रीलाई पनि थाहा छ । बरु एकपछि अर्को काण्डले बदनाम बनेका मन्त्री हटाउन दबाब बढेका बेला प्रधानमन्त्री ओलीले भने उनीहरूको जागिर जोगाइदिएका छन् ।
मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरी अर्को कर्मकाण्ड गरिएको भन्दै आलोचना सुरु भएको छ । किनकि कामै नगर्ने मन्त्रीहरूसँग प्रधानमन्त्री ओलीले फेरि काम गर्ने अपेक्षा राखेका छन् । मन्त्री बनेयताको ६ महिनाको रिपोर्ट कार्ड हेर्ने हो भने १२ मन्त्रालयले न्यूनतम ३५ अंक समेत कटाएका थिएनन् । स्वयं प्रधानमन्त्रीकै कार्यसम्पादन कमजोर देखिएको थियो । कमजोर जोश र दोधारे मुडमा प्रधानमन्त्री ओलीले फेरि पुरानै ढर्राको निर्देशन मन्त्रीहरूलाई दिएका छन् ।
मन्त्री नियुक्त गरेपछि ओलीले तीन पटकसम्म नयाँ योजना ल्याउन भने, तर ल्याएनन् । प्रधानमन्त्रीले दिएका निर्देशन समेत कार्यान्वयन गरेनन् । यसपटक ओली आफैँले दूरगामी काम गरे मात्र मूल्यांकन गर्न सजिलो हुने बताएका छन् । अर्थात्, यो बीचमा मन्त्रीहरूले मूल्यांकन गर्न लायकको काम समेत गरेनन् । अब यहाँ प्रश्न उठ्छ, के गएको छ महिनामा उनीहरूको कार्यसम्पादन ह्वात्तै बढेको हो ? होइन भने काम नगर्ने मन्त्रीहरूको काम फेरि किन नवीकरण भयो ? ओलीकै अभिव्यक्तिले पनि मन्त्रीको काम र कार्यसम्पादन सम्झौतामा उनी आफैँ दोधारमा रहेको देखिन्छ । एक साता अघिसम्म पनि मन्त्री फेर्ने चर्चा थियो । सुरुमा एमालेले नयाँ नियुक्त गरेका दुईबाहेक सबै मन्त्री फेर्ने भनियो । पछि गुट मिलाउन एमालेबाट दुई मन्त्री मात्र हट्ने सूचीमा परे । कांग्रेस पनि पार्टीको आन्तरिक समीकरण जोगाउन काम न काजका मन्त्रीलाई निरन्तरता दिने मुडमा पुग्यो ।
बाकि भिडियोसहित


प्रतिक्रिया