काठमाडौं । शुक्रबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले १० वर्षपछि दुधको चियाको चुस्की लिइन् । युवा उद्यमीहरूले सञ्चालन गरिरहेको एउटा क्याफेमा साँझपख पुगेकी भण्डारीले माटोबाट बनेका कपमा एक दशकपछि दुध चियाको चुस्कीसँगै पकौडाको स्वाद पनि लिइन् ।
आफू सक्रिय राजनीतिमा फर्कने घोषणा गरेपछि युवाहरूमाझ उपस्थित भएकी भण्डारीले युवा उद्यमीहरूले गरेको नयाँ व्यवसाय, उनीहरूका समस्या र चासोबारे बुझ्दै नेपालीपन र नेपाली उत्पादनलाई प्राथमिकता दिन सुझाव दिइन् । भण्डारीले लामो समयसम्म राष्ट्रप्रमुखको जिम्मेवारीमा रहँदा जनतासँग टुटेको सिधा सम्र्पकलाई पुनः जोड्न ‘युवासँग विद्या’ भनेर अभियान नै छेडेको उनीनिकट नेताहरु बताउँछन् । यही क्रममा झण्डै एक दशकदेखि सामान्य जीवनबाट टाढा रहेकी उनले शीतल निवासको सात वर्षे बसाइपछि यसरी सार्वजनिक स्थलमा युवा उद्यमीसँग गफिएकी हुन् ।
एमाले उपाध्यक्ष र राष्ट्रपति दुवै भईसकेकी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन पार्टी नेतृत्व नै बाधक बन्दा उनको सङ्घर्ष जारी छ । ४५ वर्ष एमालेको राजनीति गर्दा समेत पार्टी सदस्यता नवीकरणमा छेडाखानी भएपछि एमालेभित्रै बहस जारी छ । यही मुुद्दाले पार्टीको सचिवालय, स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीसम्मको माहोल गर्मायो । तर, अपेक्षित विद्रोह, संघर्ष वा विद्यालाई बल थप्ने कुनै काम भएनन् । बरु, गुपचुप नवीकरण भएको सदस्यता समे खोसियो । तर, केन्द्रको धोकाले शीथिल बनेकी विद्यालई अहिले भने प्रदेश र जिल्ला कमिटीहरुले प्राण भरिरहेका छन् ।
बाकि भिडियोसहित


प्रतिक्रिया