काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन् ।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री नेपाल आउन लागेका उनले भ्रमणका क्रमका नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी’, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर सचिवस्तरीय छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यस्तै मिश्रीले राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च अधिकारीहरूसँग पनि भेट गर्ने तालिकासमेत रहेको छ ।।


प्रतिक्रिया