Breaking

रास्वपा सभापति लामिछानेलाई रुपन्देही कारागारबाट ललितपुरको नख्खुमा सारियो


काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट ललितपुरको नख्खु कारागारमा सारिएको छ ।

आज रुपन्देही कारागारले आवश्यक प्रक्रिया पूरा गरेपछि जहाजमार्फत काठमाडौं विमानस्थल हुँदै नख्खु पु¥याइएको हो । नख्खु कारागारमा लामिछानेलाई छुट्टै कोठामा राखिएको छ । नख्खु कारागार बाहिर उनका समर्थकहरू बाक्लो संख्यामा उपस्थित भएका थिए । उनीहरूले रवि लामिछानेको समर्थनमा नाराबाजीसमेत गरेका थिए ।

उनले समर्थकहरूलाई भ्यानबाटै हात हल्लाए । लामिछानेको स्वागतमा नख्खु कारागारमा पार्टीका सांसद, तथा नेताहरू पनि पुगेका थिए । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । कारागार सरुवाको माग गर्दै उनले दोस्रो पटक बुधबार नख्खु कारागार स्थानान्तरण गर्दिनँ निवेदन दिएका थिए ।।