देश

सानेपामा सधैँ मेला, देउवा र महामन्त्रीहरु भेला, केही कार्यकर्ता मात्रै पुग्छन्, दिनकै कार्यक्रम खै उपलब्धि ? (भिडियोसहित)


काठमाडौं— ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको वीपी स्मृति भवन पछिल्लो सयम निकै व्यस्त हुने गरेको छ । देशकै ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसमा हाल रहेका ७० वटा विभागबीच अहिले एकपछि अर्काे कार्यक्रम गराउने प्रतिष्पर्धा नै चलेको छ । फलतः कांग्रेसका विभिन्न विभागहरूले दिनहुँ जसो कार्यक्रमको आयोजना गरिरहेका छन् । बिहीबार मात्रै पनि कांग्रेसको सञ्चार तथा सूचना विभागले ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक एक दिने अन्तरक्रियात्मक तालिम सम्पन्न ग¥यो । विभागका प्रमुख मीन विश्वकर्मासहित अन्य पदाधिकार र नेता÷कार्यकर्ता उपस्थित उक्त कार्यक्रमको प्रमुख अतिथि थिए, पार्टी सभापति शेरबहादुर देउवा । कार्यक्रमलाई सार्थक बनाउन ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ सँग प्रत्यक्ष जोडिने कलाकार, गायक, खेलाडीहरूलाई समेत आमन्त्रण गरिएको थियो । उक्त कार्यक्रममा पार्टी सभापति देउवाले अहिलेको युग विज्ञान, प्रविधिको युग भएको भन्दै यसको सकारात्मक पक्ष धेरै हुँदाहुँदै पनि पछिल्लो समय नकारातमक पक्ष हावी हुँदा यसलाई रोक्न सरोकारवालाले ध्यान दिनु पर्नेमा जोड दिए ।