समाचार

प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै


काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदैछन् । उनी शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन भदौ १४ गते चीन जान लागेको स्रोतले जनाएको छ ।

सम्मेलन भदौ १५ र १६ गते (अगष्ट ३१ र सेप्टेम्बर १) मा बेइजिङमा आयोजना हुँदैछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका अन्य देशका सरकार तथा राष्ट्र प्रमुख पनि सो सम्मेलनमा सहभागी हुँदैछन् ।

ओलीले चिनियाँ राष्ट्रपति र भारतीय समकक्षीसँग भेटवार्ता गर्ने जनाईएको छ ।

शांघाई सहयोग संगठनमा नेपाल सन् २०१६ देखि यो संगठनको सम्वाद साझेदार बनेको थियो । यस सम्मेलनमा राजनीति, अर्थतन्त्र र सुरक्षाका विषयमा छलफल हुने छ ।