काठमाडौं— हरेक पार्टीमा सभापति वा अध्यक्षको निकटमा यस्ता पात्र हुन्छन्, जसले पार्टीदेखि मौका परे सरकारसम्मै हालीमुहाली गर्छन् । तर, दुर्भाग्य मान्नुपर्छः यसबाट नयाँ भनिएको रास्वपा पनि अछुतो रहेन । सहकर्मी, साथी हुँदै रवि लामिछानेको चुुलोचौकासम्मै पहुँच राख्ने पात्र हुन्, दीपक बोहरा । जो अहिले पार्टीको सचिवालय सदस्य मात्र हुन् । तर, पहुँच र प्रभाव उनको सभापतिभन्दा कम छैन । पद नपाए पनि कार्यवाहक सभापति जस्तै हुन् । एमालेमा उपमहासचिव विष्णु रिमालमाथि चुनाव जित्ने हैसियत नभए पनि देश चलाएको आरोप लाग्छ । बोहराको पनि त्यहाँभन्दा माथिको धरातल होइन । भलै रास्वपा समर्थकहरुले उनीमाथि यो हदकै भने आरोप तत्काल लगाइहालेका छैनन् । विष्णु रिमाल बरु राजनीतिक र रणनीतिक छन् । तर, यिनमा यति पनि हुती छैन ।
राजनीति


प्रतिक्रिया