राजनीति

रास्वपालाई झनै पेल्दै ओली, रविमाथि गालीको वर्षा, देउवासँग हात मिलाएर प्रचण्डलाई प्रहार (भिडियोसहित)


काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको संसद बैठकमा आफ्नो तुर्कमेनिस्तान भ्रमणको उपलब्धिबारे जानकारी गराएका छन् । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली यही साउन २३ गते स्वदेश फर्किएका थिए । साउन १८ गते राति त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा भएका भेटघाट र कार्यक्रमबारे संसद्लाई जानकारी गराएका हुन् । प्रधानमन्त्री ओलीले पछिल्लो पटक सरकारले गरेका कामको फेहरिस्त पनि प्रस्तुत गरे । उनले सरकार छिट्टै ढल्छ भन्ने आशङ्कालाई चिर्दै वर्तमान समीकरण २०८४ सालसम्म नै कायम रहने दाबी गरे । आफूले जनताको हितका विषयमा बोल्दै आएको र राजनीतिक तथा नीतिगत स्थिरता कायम गर्न एवं बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काउन संसद्का दुई प्रमुख दलहरू मिलेको प्रधानमन्त्री ओलीले बताए ।