काठमाडौं— नैतिक दबाबमा रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन् । मंगलबार संसद् बैठकलाई सम्बोधन गर्दै खतिवडाले राजीनामाको घोषणा गरेका हुन् । संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’मा भएको गडबडीबारे छानबिन गर्न गठित संसदीय समितिले ३० लगाएर गरेको छानबिन प्रतिवेदन गत साउन २० गते संसदमा बुझाएको थियो । गत असार २३ गते कांग्रेस सहमहामन्त्री जीवन परियारको नेतृत्वमा गठित ८ सदस्यीय छानबिन समितिको प्रतिवेदनमा सो व्यवस्थामा भएको चलखेलमा खतिवडालाई नैतिक रूपमा जिम्मेवार ठह¥याइएको थियो । प्रतिपक्षी दलका साथै सत्तारुढ दलकै केही नेताहरुको समेत निरन्तर दबाबमा परेपछि खतिवडाले अन्ततः प्रतिवेदन बुझाएको सात दिनपछि राजीनामा दिएका हुन् ।
देश


प्रतिक्रिया