समाचार

आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै, सकारात्मक सोच राख्न प्रधानमन्त्री ओलीको आग्रह


काठमाडौं— आज अन्तर्राष्ट्रिय युवा दिवस, संयुक्त राष्ट्रसंघको आह्वानमा रहेका वर्ष अगस्ट १२ मा यो दिवस मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी युवा दिवस मनाइदै छ ।

सन् १९९९ मा संयुक्त राष्ट्रसंघले युवाहरूको योगदान,अधिकार र अवसरको सम्मान गर्ने दिनका रूपमा अगस्ट १२ लाई युवा दिवस घोषणा गरेको थियो । त्यसपछि पहिलो पटक सन् दुई हजारमा युवा दिवस मनाइएको थियो । दिवसले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सशक्त बनाउन प्रेरणा दिएको प्रधानमन्त्री केपी ओलीले बताउनुभएको छ ।

फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य भएको ओलीले बताउनुभएको छ । सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने संकल्प पूरा हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।