काठमाडौं— सोमबार भारतको नयाँदिल्लीस्थित निर्वाचन आयोग परिसर दिनभर अस्तव्यस्त बन्यो । प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेपछि प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप हुँदा तनावपूर्ण अवस्था बनेको हो । निर्वाचन आयोगको कार्यालयअगाडि प्रदर्शन गर्न पुगेका विपक्षी दलका सांसदहरूलाई प्रहरीले धरपकड ग¥यो । प्रदर्शन नियन्त्रणमा लिने क्रममा दिल्ली प्रहरीले सांसदहरूलाई पक्राउ गरेको छ । ३ सयभन्दा बढी सांसद सडक प्रदर्शनमा उत्रिँदा कांग्रेस सांसद राहुल गान्धी, प्रियंका गान्धी, अखिलेश यादवसहित लोकसभा र विधानसभाका ३० जनाभन्दा बढी विपक्षी सांसदहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अन्तर्राष्ट्रिय


प्रतिक्रिया