काठमाडौं— सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा यात्रुबाहक बस र माइक्रोबस एकपासमा ठोक्किँदा तीन जनाको निधन भएको छ । घटनामा १५ जना घाइते भएका छन् ।
काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आज विहान एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।
निधन हुनेको पहिचान खुलेको छैन । घाइतेको इनरुवा , विराटनगर न्यूरो, नोबेल अस्पतालमा उपचार भइरहेको छ । बस चालक झापाका गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया