काठमाडौं— नाबालक छोरा चक्रवर्तेन्द्रको मृत्युपश्चात् शोकाकुल रानीलाई सान्त्वना दिन काठमाडौंका मल्लकालीन राजा प्रताप मल्लले वर्ष दिनको शोकमा रहेकाहरूलाई गाईसहित दरबार परिसरमा आउन आदेश दिएसँगै गाईजात्राको सुरुवात भएको मानिन्छ । आफ्नो परिवारमा मात्रै नभई दुनियाले यस्तो शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजाले जनतालाई आ–आफ्ना दिवंगत व्यक्तिका नाममा सापारु निकाली सहर परिक्रमा गराउन आज्ञा गरेको र यति पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यांग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरुप यो प्रचलन चलेको जनविश्वास छ । यही परम्पराले आजसम्म पनि निरन्तरता पाइरहेको छ । वर्ष दिनभित्र दिवंगत भएकाहरूको सम्झनामा भाद्र कृष्ण प्रतिपदाका दिन गाईजात्रा पर्व काठमाडौं उपत्यकालगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा मनाइन्छ ।
देश


प्रतिक्रिया