काठमाडौं । रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेद्वार बन्न निवदेन दिएकाको सूची राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेसँगै उनीहरुको पृष्ठभूमिबारे धेरैले चासो राखेका छन् । आउनुहोस्, रास्वपाका यी नौ आकांक्षीलाई नजिकबाट नियालौँ ।
(१) सुलभ खरेल
सार्वजनिक सूचीको पहिलो नम्बरमा रहेका सुलभ खरेल रास्वपा सभापति रवि लामिछाने निकट मानिन्छन् । आकांक्षीहरूमध्ये सबैभन्दा बढी लामिछानेसँग निकट रहेका बुटवल–१६ निवासी खरेलले सहकारी ठगी प्रकरणमा लामिछानेलाई अप्रत्यक्ष रूपमा सहयोग गरेका छन् । कानुनका विद्यार्थी खरेल अमेरिकाबाटै उपनिर्वाचन लड्न केही दिनअघि मात्रै नेपाल आइपुगेका हुन् । उनी आकांक्षीहरूमध्ये सबैभन्दा कम उमेरका व्यक्ति पनि हुन् ।
(२) पार्थिवेन्द्र उपाध्याय
सूचीको दोस्रो नम्बरमा छन् पार्थिवेन्द्र उपाध्याय । रुपन्देही क्याम्पस प्रमुखबाट राजीनामा दिएर उनले उम्मेदवार बन्न निवेदन दिएका हुन् । पार्थिवेन्द्र सिद्धार्थनगर नगरपालिकाकी उपमेयर उमा अधिकारीका पति हुन् । २०७९ को स्थानीय निर्वाचनमा एमालेबाट उपमेयरमा श्रीमतीलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेका उनी २०७४ सालको निर्वाचनमा विवेकशील साझा पार्टीबाट उम्मेदवारसमेत बनेका थिए । पार्थिवेन्द्रको रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालदेखि उपसभापति डा. स्वर्णिम वाग्लेसम्म निकटता देखिन्छ । विशेषगरी उपसभापति डा. वाग्लेले बुटवलका कार्यक्रमहरूमा उपाध्यायलाई साथै लैजाने गरेका छन् ।
पजः
सिद्धार्थनगर–७ का बासिन्दा पार्थिवेन्द्र नेकपा एमालेका पूर्वसांसद धनपति उपाध्यायका छोरा हुन् भने आमा पुष्पाञ्जली पनि एमाले नेतृ हुन् । पार्थिवेन्द्रका बुबा धनपति २०५१ सालको निर्वाचनमा रुपन्देहीबाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए, तर २०५३ सालमै उनको असामयिक निधन भयो । पृष्ठभूमि र परिवार एमाले भए पनि उनले वैकल्पिक राजनीतिक धारको आवश्यकता महसुस गरेको बताउँदै आएका छन् ।
(३) डा. लेखजंग थापा
डा. लेखजंग थापा पेसाले न्यूरो सर्जन हुन् । भैरहवामा आफ्नै क्लिनिक सञ्चालन गरिरहेका उनले मस्तिष्क रोग विशेषज्ञका रूपमा आफ्नो क्षेत्रमा आफूलाई अब्बल साबित गरिसकेका छन् । यसबाहेक उनी रास्वपाको संगठनमा पनि सक्रिय छन् ।
बाकी भिडियोसहित


प्रतिक्रिया