एएफसी अण्डर ट्वान्टी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘ए’को अन्तिम तथा निर्णायक खेलमा नेपालले आज उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दैछ ।
खेल थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।उत्तर कोरियालाई हराउन सके नेपालले अर्को वर्ष थाइल्यान्डमा हुने एसियन कपमा स्थान बनाउने छ ।
उत्तर कोरियालाई भने कम्तिमा पनि बराबरीको नतिजाले एसियन कपमा पु¥याउनेछ ।गोलका लागि संघर्षरत नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली भुटानसँग १–१ को बराबरी खेलेको थियो । दोस्रो खेलमा नेपालले साउदी अरेबियालाई १–० गोलले हराएको थियो ।
एसियन कपको साविक विजेता उत्तर कोरियाले पछिल्ला दुई खेलमा २५ गोल गरेको छ । पहिलो खेलमा उत्तर कोरियाले साउदी अरेबियामाथि १५–० र दोस्रो खेलमा घरेलु टोली भुटानलाई १०–० ले पराजित गरेको छ । भुटान र साउदी अरेबियाको भने एसियन कप पुग्ने सम्भावना एक खेलअगावै समाप्त भइसकेको छ ।


प्रतिक्रिया