खेलकुद

एनपिएल अक्सन : आठ टोलीमा भित्रिए ३७ खेलाडी, चार खेलाडी १५–१५ लाखमा बिक्री


नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको मिनिअक्सनमा आठ टोलीले ३७ खेलाडी भित्र्याएका छन् ।
रोल…
अक्सनमा आठ टोलीले २६ खेलाडीका लागि बोली लगाए । पहिलो चरणमा बोली नलगाइएका ११ खेलाडी भने ‘विस लिस्ट’बाट टोलीहरूमा भित्रिए ।

यससँगै दोस्रो सिजनको मिनिअक्सनबाट ३७ खेलाडी टोलीमा आबद्ध भएका छन् । ए श्रेणीका चार खेलाडीका लागि अधिकतम मूल्य लागेको छ । आदिल अन्सारी, पवन सर्राफ, देव खनाल र अर्जुन साउद १५–१५ लाख रूपैयाँमा बिक्री भएका छन् ।

चारै खेलाडीलाई भित्र्याउन एकभन्दा बढी टोलीले चासो देखाएपछि लक्की ड्र गरिएको थियो ।