काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै नागरिकले इन्टरनेट प्राप्त गर्नेकुरा मानव अधिकारको विषय भएको बताएका छन् । विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले इन्टरनेटको पहुँच सबैले प्राप्त गर्नसक्ने बनाउनुपर्ने बताए । उनले इन्टरनेट पहुँचको विषय मानव अधिकार र मौलिक अधिकारको रुपमा संयुक्त राष्ट्रसंघले सन् २०१६ मा पास गरिसकेको बताए । उनले नेपाल सरकारले टेलिकमको पहुँचबाट नेपालको एउटा पनि घर छुट्नु हुँदैन भनेर काम गरिरहेको बताए । अहिलेलाई नेपालभर नै फोरजीको पहुँच पु¥याउने र फाइभजी चालु आर्थिक वर्षमै काठमाडौं र पोखरा शहरमा पु¥याउने गरी सरकारले काम गरिरहेको बताए ।
उनले फाइभ जी टेक्नोलोजी प्रयोग नगरिए एआईको सही प्रयोग हुन नसक्ने बताए । मन्त्री गुरुङले सबै नेपालीले इन्टरनेटको प्रयोग गर्नसक्ने बनाउनु आजको सरकारको दायित्व भएको बताए ।


प्रतिक्रिया