काठमाडौं— एकीकृत समाजवादी पार्टीले पार्टीका तीन तहका बैठक बोलाएको छ । पार्टीभित्र आन्तरिक विवाद बढिरहेका बेला एकीकृत समाजवादीले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको हो ।
पार्टी महासचिव घनश्याम भूसालका अनुसार स्थायी कमिटी बैठक भदौ ४ गते, पोलिटब्युरो भदौ ५ गते र केन्द्रीय कमिटी बैठक भदौ ८ गते बस्नेछ । बैठक सुकेधारास्थित मिराकल पार्टी भेनुमा जनाएको छ । केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी र पोलिटब्युरो बैठक बस्नेछ । स्थायी कमिटी भदौ ४ गते र पोलिटब्युरो बैठक ५ गते पार्टी केन्द्रीय कार्यालय बस्नेछ । सबै बैठक बिहान ११ बजेदेखि सुरु हुनेछन् ।
पतञ्जलि जग्गा प्रकरणमा पछिल्लो समय अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्ट्राचार मुद्दा दर्ता भएपछि एकीकृत समाजवादीमा समस्या आएको छ । मुद्दा दर्ता हुँदा पनि नेपाल पार्टी नेतृत्वमा रहेको भनी प्रश्न उठेपछि विवाद चुलिएको हो । यसै विषयलाई लिएर नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधिएको छ भने सम्मानित नेता झलनाथ खनाल र नेपालबीच कडा सवालजवाफ जारी छ ।


प्रतिक्रिया