राजनीति

रवि सकेर रमाउँदै कांग्रेस,एमालेको लाजछोप्ने टालो पनि रास्वपा, नयाँ–पुरानाको भिडन्त ०८४ सम्म (भिडियोसहित)


काठमाडौं— यी हुन् विश्वप्रकाश शर्मा, नेपाली कांग्रेसका महामन्त्री । प्रखर वक्ता, लेखक, गायक र टेलिभिजन प्रस्तोतासमेत हुन् । देश बुझेको दाबी गर्ने र मिठो बोल्न खप्पिस यिनलाई उनकै पार्टीका नेताहरू लोकप्रियतावादी भएको आरोप लगाउँछन् । पदमा बसेर माखो नमार्ने, तर सरकारले काम गर्न नसकेको विषयमा मौन बस्ने यिनले सामाजिक सञ्जाल रङ्ग्याएर हिँड्दा उनकै पार्टीका नेताहरूले प्रश्न गर्छन् । तर, शर्मालाई अहिले नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लोकप्रियतावादमा हिँडेको भन्दै चिन्ताले खपिनसक्नु भएको छ । फलतः उनले संसद्बाटै रास्वपालाई नयाँ दल भन्दै अनुभवले खारिन बाँकी रहेको बताए । रवि लामिछानेमाथि मुद्दा लागेको विषयमा नभई राजनीतिक प्रतिशोध साँधिएको विषयमा हस्ताक्षर सङ्कलन भइरहेको समेत ठम्याउन नसकेका उनले रास्वपालाई तीनवटा ‘अ’ अर्थात् अतार्किक अडान, आवेग र अराजक शैलीबाट मुक्त हुन सुझाव दिन भ्याए ।