देश

४५ वटा कन्सल्टेन्सी बन्द गर्न पत्राचार (सुची)


चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले ४५ वटा कन्सल्टेन्सी बन्द गर्न प्रहरीलाई पत्राचार गरेको छ ।

४५ वटा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्ने संस्थाहरूलाई बन्दसहित कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको आज प्रशासनले एक सूचना मार्फत जानकारी गराएको छ ।

तोकिएको समयभित्र कागजात पेस नगर्ने र पटक–पटक सूचना प्रकाशन गर्दा समेत आवश्यक कागजातहरू पेस नगर्ने संस्थाहरूलाई बन्द गर्न तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवनलाई पत्राचार गरिएको हो ।