राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने गरी बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिएका हुन् ।
उनका अनुसार केन्द्रीय समिति बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । कुलिङ अफ पिडियड छानबिन समितिको प्रतिवेदन, भिजिट भिसा प्रकरण, संसदमा पार्टीका सांसदहरूको भूमिका, रूपन्देहीमा हुने उपनिर्वाचनमा पार्टीको तयारी, उम्मेदवारी, विधान संशोधन प्रस्ताव आदिबारे छलफल हुने तय गरिएको छ ।


प्रतिक्रिया