समाचार

उत्तराखण्डको बाढीमा एक बालकसहित १७ नेपाली सम्पर्कविहीन


काठमाडौं— भारत उत्तराखण्डको उत्तरकाशीस्थित खिर नदीमा अचानक आएको बाढीमा परी एक बालकसहित १७ नेपाली सम्पर्कविहीन भएका छन् । जाजरकोटको कुसे गाउँपालिका– २ का १२, बर्दियाको मधुवन नगरपालिकाका चार र जुम्लाको तिला गाउँपालिका– ३ का एक गरी १७ जना सम्पर्कविहीन भएका हुन् ।

यही साउन २० गते खिर नदीमा लेदोसहित आएको बाढीले धराली गाउँँ र पौडीगढीमा ठुलो विनाश निम्त्याएको थियो । त्यसबाहेक उत्तराखण्डका विभिन्न क्षेत्रमा बाढीपहिरो गएको थियो । १७ नेपाली त्यही बाढीमा परेको आशंका गरिएको छ ।

यसैबीच, प्रधानमन्त्री केपी ओलीले भारतको बाढीमा परेका नेपालीहरूको उद्धारका लागि कूटनीतिक पहल भइरहेको बताएका छन् । ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किंदै छन् ।