काठमाडौं— भारतीय विदेशसचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउने भएका छन् । उनी आगामी भदौ १ गते काठमाडौं आउन लागेका हुन् ।
नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने तय भएको छ ।
प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणको तयारीका सन्दर्भमा विदेश सचिव मिश्री नेपाल आउन लागेको बताइएको छ । प्रधानमन्त्री ओली भदौ अन्तिम साता भारत भ्रमणमा जाने तयारी छ ।


प्रतिक्रिया