काठमाडौं— २० वर्ष मुनिको एएफसी महिला एसियन कप छनोट प्रतियोगिता आज सुरु हुँदैछ । भुटानमा हुने समूह ‘ए’ छनोटमा आयोजक भुटानसँगै नेपाल, उत्तर कोरिया र साउदी अरेबियाले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले आज आयोजक भुटानसँग खेल्नेछ । त्यसपछि ८ अगस्टमा साउदी र १० अगस्टमा उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछ । समूहको खेलपछि शीर्ष टोली अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी एसियन कपमा पुग्नेछ। दोस्रो हुने टोलीको पनि सम्भावना रहनेछ।आठ समूहमध्ये तीन वटा उत्कृष्ट दोस्रो टोली मात्र छनोट हुनेछन्।
नेपाली टोलीका प्रशिक्षक यमप्रसाद गुरुङले साफ अण्डर ट्वान्टी च्याम्पियनसिप खेल्दा राम्रो तयारी भएको र एसियन कपमा छनोट हुने लक्ष्य लिएको बताए।
साफ अण्डर ट्वान्टीमा उपाधिको टुंगो लाग्ने खेलमा बंगलादेशसँग नेपालपराजित भएको थियो। साफमा नेपालले भुटानविरूद्ध खेलेका दुवै खेलमा जित निकालेको थियो।
नेपालकी कप्तान बिर्सना चौधरीले सबै टोली बलिया भएको बताउँदै समूह विजेता बनेर छनोट हुने दाबी गरेकी छिन् ।


प्रतिक्रिया