राजनीति

रास्वपा र राप्रपाको सधैँको विरोध, कांग्रेस–एमालेलाई गाली गरेर हिँड्ने, माओवादी सत्ता पक्ष कि प्रतिपक्ष ? (भिडियोसहित)


काठमाडौं— भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै आएको रास्वपा र राप्रपाले मंगलबारको प्रतिनिधिसभा बैठक पनि सदा झै बहिस्कार गरे । सदनबाट बाहिरिनु भन्दा अगाडि आफ्नो कुरा राख्दै आएका उनीहरुले मंगलबार पनि सरकारमाथि केही गम्भीर आरोप लगाए । बैठक सञ्चालन हुने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सरकार दलाल संरचनाको ढाकछोपमा तल्लीन रहेको आरोप लगाए । उनले भिजिट भिसा प्रकरणको सन्दर्भ जोड्दै चित्तबुझ्दो कारबाही अगाडि नबढेसम्म आफूहरूको आन्दोलन जारी रहने अडान दोहो¥याए । सो प्रकरणमा न्यायिक आयोग वा संसदीय छानबिन समिति नै बन्नुपर्ने बताउँदै उनले अहिले बनेको समितिले काम गर्न नसक्ने दाबी गरे ।