काठमाडौं । संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको गडबडी छानबिन गर्न बनेको संसदीय समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ ।
नयाँबानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा आयोजित एक कार्यक्रमका बीच सभामुख घिमिरेलाई प्रतिवेदन बुझाइएको संसद् सचिवालयले जनाएको छ ।
आइतबारदेखि सोमबारसम्म लगातार छलफल हुँदा पनि सहमति नभएपछि रातभर छलफल भएको थियो । रातभरको छलफलपश्चात् आज बिहान ४ बजे सर्वसम्मत रूपमा प्रतिवेदन पारित भएको हो ।
यो प्रतिवेदनमा राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडलाई मुख्य जिम्मेवार बनाइएको छ ।


प्रतिक्रिया