देश

रास्वपालाई कांग्रेसको धम्की, सत्ताका सांसद उतार्ने, राजीनामा दिलाएर सत्ताले भ्रष्ट मन्त्री जोगायो (भिडियोसहित)


काठमाडौं—सबैभन्दा पहिले सोमबारको प्रतिनिधिसभा बैठकको दुई फरक दृश्य नियालौँ । पहिलो दृश्य सदन प्रारम्भ हुँदै गर्दाको हो भने दोस्रो दृश्य बैठक चलेको लगभग दुई घण्टा आसपासको हो । यी दुई दृश्यले सांसदहरू सदन पुग्छन्, हाजिर गर्छन् अनि टाप कस्छन् भन्ने तथ्यलाई थप पुष्टि गर्छ । शीर्ष नेताहरू साइत जुरेको दिनबाहेक अन्य दिन सदन जाँदैनन्, सदन जान जरुरी ठान्दैनन् । २ सय ७५ जना सांसद संख्या रहेको प्रतिनिधिसभामा बैठकको सुरुको दृश्यमा कति सांसद उपस्थित होलान् ? यी खाली कुर्सीहरू हेर्दा बैठक चलिरहेकै बेला कति सांसदले बैठक बङ्क गरे होलान् त ? दुई महिनादेखि विपक्षी दल रास्वपा र राप्रपाले बैठक बहिष्कार गर्दा समेत उनीहरूको विरोधलाई बेवास्ता गर्दै सदन चलाइरहेका सभामुख देवराज घिमिरले खाली कुर्सीको ख्याल नै नगरी सदन चलाउन मिल्छ ? सदन चलिरहेकै बेला सांसदहरू बाहिरिने प्रवृत्ति रोक्ने जिम्मा कसको हो ? सदनलाई जवाफदेही र प्रभावकारी बनाउने काम कसको हो ? यस्ता यावत प्रश्नका बीच यी खाली कुर्सीहरूले सदनलाई गिज्याइरहेका छन् ।