काठमाडौं— यो दृश्य, झट्ट हेर्दा सरकारले नदेखेको कुनै अनकन्टार क्षेत्र लाग्न सक्छ । तर, नझुक्किनुहोस् यो पाँचपटक प्रधानमन्त्री बनिसकेर छैटौँपटक प्रतिक्षमा बसेका शेरबहादुर देउवा र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री हुन मुख मिठ्याएर बसेका खगराज भट्टको गाउँ जाने, दैजी–जोगबुढा सडकखण्ड हो । तर, दुर्भाग्य यो क्षेत्रले ४० वर्षमा एउटा गतिलो सडक पाउन सकेको छैन । यो समय एक पुस्ता फेरिने समय हो । तर, नेताहरुको भोट बैंक बनेको यस क्षेत्रको यो सडकको दुरावस्था चार दशकसम्म फेरिएको छैन । सर्वसाधारणले मुटु हातमा लिएर यात्रा गर्नुपर्ने बाध्यता छ । कञ्चनपुरको दैजी र डडेल्धुराको आधा जनसंख्या रहेको भित्री मधेश क्षेत्र जोड्ने यो सडक भीमदत्त राजमार्गको विकल्प मात्र होइन प्रदेश गौरवको योजना पनि हो । तर, गौरवकै योजना बजेट अभाव, ठेकेदारको चरम लापरबाही र स्थानीय नेताहरुको बेवास्ताका कारण अलपत्र छ । सात वर्षदेखि सडक निर्माणको काम टुंगोमा नपुग्दा दुर्घटनाको जोखिम बढेको छ । सडकबाट सुविधाभन्दा बढी सास्ती व्यहार्नु परेपछि यात्रुहरुले आक्रोश पोखेका छन् ।
देश


प्रतिक्रिया