काठमाडौं— नेकपा माओवादीमा जब जब संघर्ष उत्कर्षमा पुग्छ, तब पार्टी एकता वा कुनै शक्तिलाई पार्टीमा भित्र्याउने खेल सुरु हुन्छ । त्यही क्रम माओवादीमा फेरि सुरु भएको छ । जतिसुकै संघर्ष भए पनि पार्टी नफुट्ने अठोट गरिरहँदा आन्तरिक संघर्षसँगै आफ्नो पक्षलाई बलियो देखाउन अनेक खेल सुरु भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीसँग एकताको तयारी गर्दा उपमहासचिव जनार्दन शर्माले पनि शक्ति सञ्चयको प्लान बी सुरु गरेका छन् । धेरैले यसलाई प्रचण्डविरुद्ध दोस्रो ‘धोबिघाट गठबन्धन’ ब्युँतिने सम्भावनाका रुपमा ब्याख्या गरेका छन् ।
राजनीति


प्रतिक्रिया