समाचार

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान, एलएलडिसीको सम्मेलनमा भाग लिने


काठमाडौं— भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान प्रस्थान गरेका छन् । नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको सम्मेलन यही साउन २० देखि २३ गतेसम्म तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुँदैछ ।

सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । ओलीले एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता पनि गर्नेछन् । सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुख र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्ने तयारी छ ।

प्रधानमन्त्री ओली यही साउन २३ गते स्वदेश फर्कने कार्यक्रम छ ।