देश

माओवादी बैठकमै बबन्डर, प्रचण्ड र जनार्दन नै भिडे, नेताहरु आरोपप्रत्यारोपमै उत्रिए, माफी माग्ने कसले ? (भिडियोसहित)


काठमाडौं—नेकपा माओवादी केन्द्रका हरेकजसो बैठकमा विद्रोही भूमिकामा देखिने पात्र हुन्– जनार्दन शर्मा । उनै शर्माले फेरि एकपटक जटिल यक्ष प्रश्नको वर्षा गरेका छन् । माओवादी सुध्रिसक्यो भन्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि कडा प्रहार गरेका छन् । एकल बहुमत दिनुप¥यो भन्दै देश डुलिरहेका प्रचण्डसँग त्यो कद घट्नुको जवाफ मागेका छन् ।
साउन १६ गतेको स्थायी समिति बैठकमा प्रचण्डले बाहिर रमिता नदेखाउन चेतावनी दिँदै महाधिवेशनमार्फत नेतृत्व फेर्न जनार्दनलाई चुनौती दिएका थिए । तर, जनार्दनको अंकगणित भने निकै नै कमजोर देखिएको छ । किन कि यही बैठकमा पनि प्रचण्डलाई समर्थन गर्दै जनार्दनमाथि कारबाहीकै माग भयो ।