काठमाडौं— पूर्वनवयुवराज हृदयेन्द्र शाहको ‘जुम्ला भ्लग’ले सार्वजनिक चर्चा पाएसँगै विभिन्न कोणबाट बहस भइरहेको छ । ठूलो जमातले उनको यो कामलाई जुम्ला चिनाउने प्रयासका रूपमा हेरेको छ भने उनको सरलताको धेरैले प्रशंसा गरेका छन् । यद्यपि, केही गणतन्त्रवादीहरू भने आलोचनामा उत्रिएका छन् र यसलाई निर्मल निवासले ‘सफ्ट पावर’कै रूपमा उनलाई प्रयोग गरिरहेको विश्लेषण पनि भइरहेको छ । हुन त हृदयेन्द्र स्वयम्ले यसबारे केही बोलेका छैनन् र उनी राजनीतिभन्दा आमा हिमानीको ट्रस्टमार्फत नागरिकसम्म पुगिरहेका छन् । पूर्व राजपरिवारले सामाजिक सेवाको माध्यमबाट जनतासँग जोडिरहन यो ट्रस्ट स्थापना गरेको हो । यसले देशका दुर्गम क्षेत्र र विपन्न समुदायका मानिसहरूलाई शिक्षा, स्वास्थ्य र प्राकृतिक विपद्का बेला सहयोग पुर्याउँदै आएको छ । सोही ट्रस्टले निर्माण गर्ने बर्थिङ सेन्टर शिलान्यासकै लागि उनी जुम्ला पुगेका थिए र सो भ्लग समेत यही भ्रमणका क्रममा खिचिएको हो ।
देश


प्रतिक्रिया