काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकपटक फेरि विद्रोह गर्न आफूले तयारी गरिरहेको बताएका छन् ।
‘बोत्ले हत्याकाण्ड’ दोलखाको स्मृति सभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जनयुद्धदेखि अहिलेसम्म आफू नेतृत्वमा रहेको हैसियतले एकपटक फेरि नयाँ क्रान्तिको तयारी गरेको बताएका हुन् ।
‘एकचोटि फेरि क्रान्ति आवश्यक छ । एकचोटि नयाँ विद्रोहबाट प्रतिक्रियावादीलाई परास्त गर्नुपर्छ, मेरो प्रतिबद्धता पनि यही नै हो र यसको तयारी पनि गरिरहेको छु । चाँडै हामी मध्यपहाडी यात्रामा निस्किन्छौं, शहीद परिवारका घरमा गएर खाइरहेका छौं, उनीहरूको दुःख सुख बुझ्ने काम पनि गरेका छौं र हाम्रो वर्गसँग जोडिदैछौं ।’, उनले भने ।
अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएको बेला पछिल्लोपटक जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गरेर बिदा दिने निर्णय गरेको तर अदालतबाट रोकिएको बताए ।
२०५९ साल साउन १८ गते दोलखाको साबिक काटाकुटी गाविस वडा नम्बर १ बोत्ले भन्ने ठाउँमा सुरक्षा फौजको कारबाहीमा परी १५ जना माओवादी कार्यकर्ताको हत्या भएको दिनलाई सो पार्टीले बोत्ले हत्याकाण्डका रूपमा स्मरण गर्ने गरेको पूर्वमन्त्री विशाल खड्काले जानकारी दिएका छन् ।


प्रतिक्रिया