राजनीति

ख्यालख्यालमै अफ्ठ्यारोमा परे देउवा, ओलीलाई छोड्न दबाव, सत्ता यात्रालाई भूराजनीति बाधक ? (भिडियोसहित)


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अहिले आफ्नै कारण चेपुवामा परेका छन् । इतर गुटले बढाएको दबाब र आफ्नै गुटभित्र देखिएको बेमेल यसको मुख्य कारण हुन् भने सरकारले समेत औचित्य पुष्टि गर्न सकेको छैन । फलतः सरकार टिक्नु देउवाको प्रधानमन्त्रीको पालो पुर्याउने उद्देश्यबाहेक केही नभएको भाष्य निर्माण हुँदा उनी कसरी निरीह छन् त ?