काठमाडौं—मकवानपुर भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौं सडक अवरुद्ध भएको छ । पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
बिहान ११ बजे मकवानपुर इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोलास्थित भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौं सडकखण्डमा दश मिटर बाटोमा सुख्खा पहिरो खसेको थियो ।
सोही पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ ।


प्रतिक्रिया