देश

कोदो परिकारले विदेश खाँदै,सिंहदरबारको खाजा,पिज्जादेखि बिस्कुटसम्म,उत्साहित सरकार,निराश किसान (भिडियोसहित)


काठमाडौं— रैथाने बाली कोदोको प्रवद्र्धन गर्न यस वर्षदेखि राष्ट्रिय कोदो दिवस मनाउन थालिएको छ । असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको सरकारले साउन १६ लाई अब कोदो दिवसका रुपमा मनाउने घोषणा गरेको हो । यस वर्ष ‘प्रथम राष्ट्रिय कोदो दिवस २०८२’ शुक्रबार देशभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ । ‘कोदोजन्य परिकारको आहार ः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित कोदो दिवस मनाइएको हो । भक्तपुरको ताथलीमा कृषिमन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा एक विशेष कार्यक्रमसहित यो दिवस मनाइयो । सो अवसरमा मन्त्री अधिकारीले गत वर्ष २ लाख २५ हजार हेक्टरमा कोदो खेती हुँदा तीन लाख बढी मेट्रिक टन उत्पादन भएको जानकारी दिए । यो वर्ष उक्त तथ्याङ्कमा उल्लेख्य वृद्धि गर्ने गरी सरकारले कार्यक्रम अघि बढाएको मन्त्री अधिकारीको भनाइ छ । साथै, स्वास्थ्यका लागि दैनिक एक छाक कोदोको परिकार खान पनि मन्त्री अधिकारीले आग्रह गरे ।