राजनीति

प्रचण्डसँग जो लडे सबै सकिए, धर्मसंकटमा जनार्दन, कारबाहीको प्रस्तावमा प्रचण्ड यसरी भए नरम (भिडियोसहित)


काठमाडौं—नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको राजनीतिक अन्तरसंघर्ष र टकराव उत्कर्षमा पुगेको छ । जनयुद्धकालदेखि नै टकरावपूर्ण सम्बन्ध व्यहोर्दै आएका यी दुई नेताबीच अहिले पानी बाराबारको अवस्था छ । उनीहरूका कारण दोस्रो तहका नेताहरूमा समेत ध्रुवीकरण चुलिएको छ । नेताहरूबीचको राजनीतिक तुष पार्टीको आन्तरिक बैठक र सार्वजनिक मञ्च हुँदै सामाजिक सञ्जालमा समेत छरपस्ट भएको छ । यसै सेरोफेरोमा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ । सङ्गठन निर्माण, कार्यविभाजन, आन्तरिक एकता सुदृढीकरण लगायतका विषय बैठकका मुख्य एजेन्डा हुन् । तर, सबैको ध्यान अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माको विवादमा केन्द्रित छ । कुन नेताले के बोल्छन् ? कसको पक्षमा को उभिने ? जस्ता प्रश्नका बीच जारी स्थायी समिति बैठकमा यी सबै विषयको हिसाब–किताब हुनेछ ।