समाचार

नेपाल इकोसकको अध्यक्षमा निर्वाचित


काठमाडौं— नेपाल संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा निर्वाचित भएको छ । परिषदको अध्यक्षमा नेपाल निर्वाचित हुनु ऐतिहासिक क्षण भएको संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले बताए । दिगो विकासका लक्ष्य हासिल गर्न अध्यक्षका रूपमा नेपालले हरसम्भव प्रयत्न गर्ने पनि उनले बताए । हालसम्म भएका पहलहरूको प्रभावकारी कार्यान्वयनका साथै साझेदारी र बहुपक्षीयतालाई सुदृढ तुल्याउनेतर्फ आफू क्रियाशील रहने प्रतिबद्धता पनि उनले जनाए । आगामी वर्षको लागि अल्जेरिया, स्पेन, डोमिनिकन गणराज्य र आर्मेनिया उपाध्यक्षमा निर्वाचित भएका छन् ।