काठमाडौं— अमेरिकाले भारतमाथि २५ प्रतिशत आयात कर लगाउने निर्णय गरेसँगै दुई ठूला लोकतान्त्रिक राष्ट्रबीचको मित्रताको सम्बन्धमा अब दरार आउने हो कि भन्ने गहिरो चिन्ता व्यक्त हुन थालेको छ ।दुई देशहरू व्यापार सम्झौतामा पुग्न महिनौँदेखि वार्ता गरिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि कर लगाउने घोषणा गरेका हुन्। ट्रम्पले यसका लागि अगस्ट १ को समयसीमा दिएका थिए । अन्ततः ट्रम्पले समयसीमाभन्दा दुई दिन अगाडि भारतविरुद्ध कर लगाउने घोषणा गरे ।यस्तै ट्रम्पले भारतमाथि २५ प्रतिशत आयात कर लगाउने घोषणा गरेको केही घण्टापछि पाकिस्तानसँग मिलेर त्यहाँका विशाल तेल भण्डार विकासको सम्झौता गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, “हामीले भर्खरै पाकिस्तानसँग एउटा सम्झौता सम्पन्न गरेका छौँ, जसअनुसार अमेरिका र पाकिस्तानले मिलेर पाकिस्तानका विशाल तेल भण्डारहरूको विकास गर्नेछन् । यो सम्झौताप्रति पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले एक्समा लेखेका छन्,“म राष्ट्रपति ट्रम्पप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु, जसले ऐतिहासिक अमेरिका–पाकिस्तान व्यापार सम्झौतालाई अन्तिम रूप दिन नेतृत्वदायी भूमिका निर्वाह गरे ।’
अन्तर्राष्ट्रिय


प्रतिक्रिया